संसदीय सुनुवाइसहित दुई संयुक्त समितिको सभापति साउन ३१ मा चयन हुने

काठमाडौं । संघीय संसदको दुईवटा संयुक्त समितिको सभापति आगामी साउन ३१ गते चयन हुने भएका छन् । संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति चयनका लागि सभामुख देवराज घिमिरेले मंगलबार निर्वाचनको मिति तोकेको संघीय संसद सचिवालयले जनाएको हो । संसदका महासचिव पदमप्रसाद पाण्डेले जारी गरेको सूचनाअनुसार…