आरक्षण नीति परिमार्जन गर्न र सखडेश्वरी भगवतीलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न मधेशी आयोगको सिफारिस

काठमाडौं । मधेशी आयोगको बुधबार छैठौं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको छ ।राष्ट्रपति पौडेललाई बुझाएको प्रतिवेदनमा आरक्षण नीति परिमार्जन गर्नेदेखि सखडेश्वरी भगवतीलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न सिफारिस गरिएको छ । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बुझाएको प्रतिवेदनमा मधेशका सीमान्तकृत वर्गलाई राज्यको मूलप्रवाहमा ल्याउन आरक्षणको नीति परिमार्जन प्रक्रियाअगाडि बढाउन सिफारिस गरिएको छ ।…