विराटनगरमा बिहानै ठूलो आगलागी, प्लास्टिक फोहोरको डंगुरबाट शुरू भएको आशंका

विराटनगर— मोरङको विराटनगर–७ मा मंगलवार बिहान सरस्वती प्लास्टिक उद्योग पछाडिको क्षेत्रमा आगलागी हुँदा स्थानीयवासी तनावमा परेका छन्। जलजला मोडनजिक थुपारिएको प्लास्टिक फोहोरमा अचानक आगो भड्किएको प्रहरीले जनाएको छ। फोहोर जलाउने क्रममा आगो अनियन्त्रित बन्दै डंगुरभरि फैलिएको प्रारम्भिक आशंका गरिएको छ। तीव्र गतिमा फैलिन थालेपछि आगो आवासीय क्षेत्रतर्फ नलागोस् भनेर दमकल टोलीले लगातार नियन्त्रण प्रयास गरिरहेको…