रवि र छविलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

काठमाडौँ। संगठित रूपमा ठगी गरेको आरोपमा दायर मुद्दामा रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामाविरुद्ध काठमाडौँ जिल्ला अदालतले दिएको धरौटी आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ । संयुक्त इजलासले जिल्ला अदालतको आदेश कानुनसम्मत देखिएको ठहर गर्दै आदेश परिवर्तन गर्नुपर्ने अवस्था नरहेको स्पष्ट गरेको हो । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र…