समानुपातिक सूचीप्रति राप्रपा प्रवक्ताकै असन्तुष्टि, सच्याउन माग

काठमाडौँ । राप्रपामा पनि समानुपातिक बन्द सूचीलाई लिएर विवाद देखिएको छ । पार्टी प्रवक्ता ज्ञानबहादुर शाहीले अध्यक्ष राजेन्द्र लिङ्देन र उपाध्यक्ष बुद्धिमान तामाङले आफू निकट र परिवारका सदस्यलाई समानुपातिक बन्द सूचीको शीर्षस्थानमा राखेको भन्दै असन्तुष्टि जनाएका छन् । त्यसलाई सच्याउनुपर्ने उनको माग छ । ‘पार्टी उपाध्यक्ष बुद्धिमान तामाङको परिवारले २०६४ देखि २०७९ सम्म समानुपातिक र…