झण्डै ४ करोड ठगी गर्ने म्यानपावरविरुद्ध मुद्दा दायर

काठमाडौ । विस एचआर सेलुसन (१४२५) म्यानपावर कम्पनीविरुद्ध ठगी मुद्दा दायर भएको छ । वैदशिक रोजगार विभागले ४३ जनासँग ३ करोड ८२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा उक्त कम्पनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मंगलबार मुद्दा दायर गरेको हो। विभागले विस म्यानपावरका सञ्चालक तुलसीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामी, अमृत श्रेष्ठ तथा कर्मचारी रमेश कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो…