काठमाडौँ। नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवास बोलाएका छन्। काँग्रेसमा विशेष महाधिवेशन माग्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई पौडेलले छलफल गर्न लागेका हुन्। समसामयिक विषयमा विभिन्न नेताहरूसँग छलफल गरिरहेको पौडेलले आज काँग्रेसका विशेष महाधिवेशन पक्षधरलाई बोलाएको स्रोतले बतायो। ‘लुम्बिनी प्रदेश सभापतिसहित हस्ताक्षर अभियान चलाएका एक दर्जन नेताहरूलाई शीतल निवास बोलाउनुभएको छ’…