काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिक सल्लाहकारमा बर्दियाको गुलरिया नगरपालिका-४ का लक्ष्मणराज ज्ञवाली नियुक्त गरेका छन् । नेकपा (एमाले) बर्दिया इन्चार्जसमेत रहेका ज्ञवालीलाई आचार्यले राजनीतिक सल्लाहकार बनाएका हुन् ।स्नातकसम्म अध्ययन गरेका ज्ञवाली यसअघि पशुपति विकास समितिको सदस्य, गुठी संस्थानको अध्यक्ष र मितेरी साहित्यिक पत्रिकाको सम्पादकलगायत विभित्र सामाजिक संघ-संस्थामा काम गरिसकेका छन् । पञ्चायतकालमा भूमिगत जीवन…