भक्तपुर । भक्तपुर अस्पतालले मोतिविन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले आजदेखि उक्त सेवा प्रारम्भ गरेको हो । अस्पतालकी कार्यकारी निर्देशक डा. सुमित्रा गौतमका अनुसार अब प्रत्येक मंगलबार मोतिविन्दुको शल्यक्रिया गरिने छ । यसअघि अस्पतालले आँखाका बिरामीलाई बहिरंग सेवा उपलब्ध गराउँदै आएको थियो । प्रदेश सरकारले उपकरण प्रदान गरेपछि सेवा सञ्चालन भएको हो ।…