सेवा लम्साल बेल्जियमको राजदूत सिफारिस

काठमाडौं - परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमका लागि राजदूत सिफारिस भएकी छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लम्साललाई बेल्जियमको राजदूत सिफारिस गरेको हो । लम्साल २०८० मंसिर २८ गते परराष्ट्र सचिवमा बढुवा भएकी थिइन् । उनको कार्यकाल अब १३ महिना मात्र बाँकी छ । कार्यकाल बाँकी छँदै लम्साललाई बेल्जियमका लागि राजदूत सिफारिस गरिएको हो ।…