काठमाडौं । कृषि क्षेत्रमा काम गर्ने गरी ‘हाइ प्रोफाइल’ व्यक्तिहरूको साझेदारीमा ‘एग्रो भेन्चर क्यापिटल’ स्थापना हुन लागेको छ । चाँडै स्थापना हुन लागेको एग्रो भेन्चर क्यापिटलमा पूर्वगभर्नर, बैंकर, कृषि क्षेत्र विज्ञ, अर्थविद्देखि कृषि क्षेत्रका उद्यमीको साझेदारी हुनेछ । एग्रो भेन्चर क्यापिटलमा पूर्वगभर्नर डा. चीरञ्जीवी नेपाल, पूर्वकृषि सचिव योगेन्द्रकुमार कार्की, पूर्वबैंकर तथा बीमा समितिका पूर्वअध्यक्ष देवेन्द्रप्रताप…