काठमाडौं । एक वर्षभन्दा बढी समयदेखि जेलमा बन्द पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको चान्सलर बन्नका लागि आवेदन दिएका छन् । इमरान खानका सल्लाहकार सैयद जुल्फिकर बुखारीले एक्स (साविकको ट्वीटर)मार्फत् सो जानकारी दिएका हुन् । उनका अनुसार इमरान खानले अक्सफोर्ड विश्वविद्यालयको चान्सलर इलेक्सन २०२४ का लागि आवेदन दिएका हुन् । बीबीसीका अनुसार विश्वविद्यालयले उम्मेदवारको…