तनहुँको व्यास नगरपालिका– २ दमौलीनिवासी २९ वर्षीय विराट पन्थ पाइलट पढ्न दक्षिण अफ्रिका पुगेका थिए । एक वर्षअघि त्यहाँ पुगेका पन्थले १० महिने कोर्स पूरा गरिसकेका थिए । आठ महिनापछि उनी पाइलट बन्दै थिए । छोरोको पाइलट बन्ने सपना पूरा हुने क्रममै रहेकाले यसपटकको दसैँ पनि विगतको भन्दा थप उल्लासमय हुने अपेक्षामा थियो पन्थ परिवार…