सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमाले जारी गर्‍यो ह्विप

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ। एमाले संसदीय दलको बैठकले प्रदेश सभामा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्विप जारी गरेको हो। २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहले बुधबार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीको विश्वासको…