टुँडिखेलमा नाराबाजी भएपछि देउवाको आक्रोश : ‘यही हो सिकेर आएको ?

काठमाडौं । गौरा पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा नाराबाजी भएको छ । नेताहरुले बोल्ने क्रममा नाराबाजी भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् । आफू बोल्न थाले लगत्तै नाराबाजी भएपछि देउवाले आक्रोशित हुँदै भने, ‘तपाईँहरू जति कराउनुछ कराउनुस्, लाज पनि छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू । यही हो तिमीहरूको संस्कृति…