दसैँअघि नै सहज बनाइँदै बागलुङको ग्रामीण सडक

बलेवा (बागलुङ) । चाडपर्व नजिकिएपछि अधिकांश स्थानीय तहले वर्षाका कारण बिग्रिएका सडक मर्मतलाई तीव्र बनाएका छन् । वर्षामा बाढीपहिरोका कारण बिग्रिएर सवारी सञ्चालनमा समस्या देखिएपछि स्थानीय तहले दसैँ अगाडि नै सडक मर्मतको काम पूरा गर्नेगरी मर्मत थालेका हुन् । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिने मुख्य सडक र पालिका मुकाम जोड्ने स्थानीय सडक मर्मतको काम थालिएको…