काठमाडौं । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु) गराउन भारतीय कम्पनी छनोट गरेको छ । केन्द्रीय बैंकले ‘सर्ट लिस्ट’ मा परेका पाँच कम्पनीमध्ये भारतको ‘केपीएमजी एस्योरन्स एन्ड कन्सल्टिङ सर्भिसेस एलएलपी, इन्डिया’ छनोट गरेको हो । राष्ट्र बैंकले लेखापरीक्षक कम्पनी छनोट गर्न गत असार दोस्रो साता अन्तर्राष्ट्रिय…