कैलालीका नदीमा पुगे डल्फिन

काठमाडौँ - कैलालीका नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर नगरपालिका-६, ७, ८ र भजनी नगरपालिका-३, ५, ७, ८ का नदी तटीय क्षेत्रमा डल्फिन देखिन थालेका डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले जानकारी दिए । श्रेष्ठकानुसार उक्त पालिकामा पर्ने मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिन थालेका हुन्…