काठमाडौं । नेपाल प्रेस युनियनले नयाँ पत्रकारहरूलाई संगठनमा आकर्षित गर्न र पत्रकारिताका समस्याका बारेमा गहन छलफल गर्दै समाधानकालागि पहल गर्न ‘पत्रकारसँग प्रेस युनियन’ अभियान सञ्चालन गर्ने भएको छ। युनियनका अध्यक्ष शिव लम्सालको सभापतित्वमा शनिवार र आइतबार धुलिखेलमा सम्पन्न युनियनको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांगठनिक गतिविधि अभिवृद्धि गर्दै संगठनलाई चलायमान बनाई पत्रकार र पत्रकारिता क्षेत्रका समस्या…