खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

काठमाडौँ । खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौँ उपत्यकामा तीनवटा टोली परिचालन गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार विभागले सोमबार काठमाडौँ महानगरपालिका–२५ स्थित न्यूरोडमा रहेको गौतम स्वीट्स, महानगरपालिका–२४ स्थित इन्द्रचोकमा रहेको स्वस्तिक स्वीट्स एण्ड स्नाक्स, महानगरपालिका–२२ न्यूरोडस्थित कर्नर ताजा गुँदपाक भण्डारमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण…