इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटियो

काठमाडौँ - इको ब्राण्डको मिनिरल वाटरमा किटाणु भेटिएको छ। शुक्रवार काठमाडौको अनामनगरस्थित किम्ची फाष्टफुड एण्ड तन्दुरी रेष्टुरेण्टका ग्राहकले पानी पिउने बेलामा सो मिनिरल वाटरको बोतलमा किटाणु फेला पारेको हो। सो मिनिरल वाटरको बोतलमा लार्भाजस्तो किटाणु भेटिएपछि काठमाडौ महानगरपालिकाको अनुगमन टोलीले सिल गरेर परीक्षणको लागि कृषि तथा पशुपंक्षी विभागमा पठाएको छ। मिनिरल वाटरको बोटलमा राखिएको पानीमा…