राष्ट्रको सर्वाङ्गीण विकासका लागि खेलकुदको विकास हुनुपर्छः मन्त्री चौधरी

बोदेबरसाइन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रको सर्वाङ्गीण विकासका लागि खेलकुदको विकास हुन जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेस नगर कार्यसमिति बोदेबरसाइनले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठासमेत बढाउने भएकाले यस क्षेत्रको विकास अपरिहार्य रहेको बताए । मन्त्री चौधरीले खेलाडीलाई अवसर, सेवासुविधा र पूर्वाधार बढाइदिनु…