काठमाडौँ - संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ । आज दिउँसो सवा १ बजे बस्ने बैठकमा खानेपानी मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनेछन् । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले…