नेपाललाई बेलायतले १२ अर्ब अनुदान दिने

काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारी पत्रमा हस्ताक्षर भएको छ। नेपालमा ‘उत्थानशीलता, अनुकूलनता तथा समावेशिता’ कार्यक्रमका लागि करिब ६.५ अर्ब नेपाली रुपैयाँ (३८.५ मिलियन पाउन्ड) को अनुदान सहायता सम्झौता भएको हो । ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा वातावरण मन्त्रालय अन्तर्गत विपद्…