काठमाडौँ । इजरायलमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार नेपाल ल्याइँदै छ। परराष्ट्र मन्त्रालयका अनुसार उनको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौँ ल्याउन लागिएको हो। सो विमान दिउँसो काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू र परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि सहभागी हुने तयारी छ। अध्ययनको सिलसिलामा…