काठमाडौं- नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी क्रिष्टमस र अंग्रेजी नयाँ वर्षको अवसरमा 'इन्टरनेशनल बलुन फेस्टिभल' आयोजना हुने भएको छ। बलुन नेपाल प्रालिको आयोजनामा डिसेम्बर २४ देखि जनवरी १ तारिखसम्म पोखराको लौरुकदेखि चंखपुरसम्मको तीन किलोमिटर क्षेत्रफलमा फेस्टिभल आयोजना हुनेछ। यसका लागि आवश्यक तयारी भइरहेको बलुन नेपाल…