ओमानविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, दुबै कुशल र दीपेन्द्र बेन्चमा

काठमाडौँ - नेपालले आईसीसी विश्वकप लिग-२ मा ओमानविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । क्यानडाको किङ सिटीमा मपल लिफ क्रिकेट ग्राउण्डमा ओमानका कप्तान अकिब इलियासले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । नेपाल पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको थियो । बुधबारको टोलीमा नेपालले तीन परिवर्तन गरेको छ ।…