काठमाडौं । व्यवस्थित र नियन्त्रितरुपमा सामाजिक सञ्जाल टिकटक खोल्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सरकारलाई आग्रह गरेका छन् । शुक्रबारको बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् । बैठकमा बोल्दै शाहले फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल विना रोकतोक चलिराखेको तर टिकटकबाट मात्रै अपराध र विकृति फैलिने भन्ने कुरा स्वीकार्य हुन नसक्ने बताए ।…