काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता अस्वीकार गरेको छ । महासंघले पठनपाठन रोकेर आन्दोलन गर्ने घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार ३ बजे वार्तामा बोलाएको थियो । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासंघले भोलि संविधान दिवसको दिनबाट विद्यालय बन्दसहितको आन्दोलन घोषणा गरेको छ । मन्त्रालयले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री…