अर्थमन्त्री र जापानी राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ- अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरवारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटका क्रममा नेपाल–जापानबीचको ऐतिहासिक मित्रता, नेपालको आर्थिक–सामाजिक विकासमा जापानले पुर्‍याइरहेको सहयोग र हालको राजनीतिक परिवेशबारे चर्चा गरिएको थियो। अर्थमन्त्री खनालले हालको सरकार विशेष परिस्थितिमा गठन भएको उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको मुख्य उद्देश्य…