काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री सुशीला कार्कीलाई पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनका लागि निम्तो दिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले प्रधानमन्त्री कार्कीलाई बालुवाटार पुगेर निम्तो दिएको राप्रपाका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘प्रधानमन्त्री सुशीला कार्कीलाई अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बालुवाटार पुगेर हामी राप्रपा टोलीले भेट्यौँ, पौष…