रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट निर्वाचित

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट निर्वाचित भएका छन्। विष्ट ३५८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी जनकसिंह धामीले १५४ मत पाए। पार्टीको निर्वाचन व्यवस्थाअनुसार कुल सदर मतको ५१ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार पहिलो चरणमै निर्वाचित हुने प्रावधान रहेको छ। सोही प्रावधानअनुसार विष्ट पहिलो चरणबाटै सभापतिमा निर्वाचित…