कर्णाली प्रदेशमा भदौ ४ गते सार्वजनिक बिदा

काठमाडौँ । कर्णाली प्रदेश सरकारले भदौ ४ गते सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलवार एक सूचना जारी गर्दै भदौ ४ गते बुधवार प्रदेशभर सार्वजनिक बिदा दिएको जानकारी दिएको हो । प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरेको छ…