दुर्गा प्रसाईँको जिकिर : ‘तीनकुनेमा मलाई इन्काउन्टर गर्ने योजना रहेछ, थाहा पाएर भागेँ’

काठमाडौँ । दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ०८१ साल चैत १५ गते काठमाडौँको तीनकुने घटनाबारे पहिलो पटक बोलेका छन् । उनले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उक्त दिनको घटनाबारे बताएका हुन् । उनले करिब १० वर्षपछि आफूले पहिलो पटक सोही दिन गाडी चलाएको र आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि…