प्रधानमन्त्री कार्यालयबाट तीन विभाग फिर्ता: जासुसी अड्डा गृहमै फर्काइयो, राजश्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण अर्थमा

काठमाडौँ । सरकारले अनावश्यक ढाँचा खारेज, खर्च कटौती र कार्यसम्पादन प्रभावकारिता बढाउने उद्देश्यसहित तीन महत्त्वपूर्ण विभागलाई पुरानै घरमा फर्काउने निर्णय गरेको छ। यसअन्तर्गत गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको जासुसी संस्था राष्ट्रिय अनुसन्धान विभागलाई पुनः गृह मन्त्रालयमै राख्ने निर्णय गरिएको छ। सुरक्षा संवेदनशीलता, इन्टिलिजेन्स एक्सीलेन्स, विगतको अभ्यास र निकायबीचको समन्वयलाई सहज बनाउन भन्दै विभागलाई…