काठमाडौँ । काठमाडौँ महानगरपालिका-९, गैरिगाउँस्थित काठको गोदाममा २०८२ पौष २२ गते दिउँसो करिब ३ बजे लागेको आगलागी नेपाली सेनाको कालीबक्स गण(ई.) र सैनिक परिवहन गणबाट दमकलसहित खटिएको टोलीले नियन्त्रणमा लिएको छ। आगलागी नियन्त्रणका लागि नेपाली सेनाको टोलीले स्थानीय निकाय तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी तत्काल उद्धार तथा नियन्त्रण कार्य गरेको थियो। संयुक्त प्रयासपछि आगलागी…