काठमाडौं । निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्तिसम्बन्धी छानबिनका लागि गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । शुक्रबार प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाएको समितिका सदस्य तथा प्रवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । निर्वाचन आयोगमा बुझाएको सम्पत्ति विवरण र गृहमन्त्री बनेपछि सार्वजनिक गरिएको सम्पत्ति विवरणबीच फरक देखिएपछि गुरुङको सम्पत्तिमाथि प्रश्न उठेको थियो । उनले वैशाख ९ गते पदबाट…