कांग्रेस बारा सभापति राजेश राय यादव निलम्बित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ । समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बिहीबार पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिका अनुसार २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको…