राष्ट्रपतिद्वारा संसद् विघटन, फागुन २१ गते निर्वाचनको मिति घोषणा

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री कार्कीले पदभार सम्हालेपछि पहिलो मन्त्रिपरिषद् बैठकमै संसद् विघटनको प्रस्ताव पेस गरेकी थिइन्। सोही सिफारिसलाई अनुमोदन गर्दै राष्ट्रपति पौडेलले फागुन २१ गतेका लागि आम निर्वाचन मिति तोकेका छन्। जेन–जी आन्दोलनको दबाबपछि सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो। नियुक्तिपछि उनले…