काठमाडौँ। भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन भएका छन् । धादिङका प्रशासनका अनुसार ज्वालामुखी गाउँपालिका-२ काफलपानीका चार जना सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेहरूमा लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ छन् । उनीहरू कामका लागि उत्तराखण्ड गएको र सम्पर्कविहीन भएको भनेर उनीहरूकै परिवारका सदस्यहरूबाट जानकारी पाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।…