एमाले विधान महाधिवेशन प्रतिनिधिसँग शुल्क नउठाउने

काठमाडौँ- नेकपा एमालेले विधान महाधिवेशन प्रतिनिधिसँग कुनै शुल्क नउठाउने भएको छ । भदौ २० गतेदेखि सुरु हुने विधान महाधिवेशनमा आउने प्रतिनिधिसँग कुनै शुल्क नलिइने महासचिव शंकर पोखरेलले बताए । उनले भने, ‘हाम्रो विगतमा शुल्क उठाउने परम्परा थियो, यस पटक हामीले नउठाउने निर्णय गरेका छौँ । पार्टी केन्द्रबाट खर्चको व्यवस्थापन हुन्छ। खर्च कति लाग्छ भन्ने अहिले अनुमान…