भूमि मन्त्रीको दाबी-‘गिरीबन्धु टी-इस्टेटको जग्गा चिया बगानबाहेक अरूमा प्रयोग गरे स्वतः सरकारको हुन्छ’

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले झापाको गिरीबन्धु टी इस्टेटको अन्य प्रयोजनमा प्रयोग भएको पाइए त्यो स्वतः सरकारको हुने बताएका छन् । मंगलबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले जग्गा धनीले हदबन्दीभित्रको जग्गाको स्वामित्व लिन पाए पनि बाँकी सरकारको नाममा आउने बताए ।…