मध्य वर्षातमा हायु परिवार सञ्चार सम्पर्कविहीन भएपछि…

काठमाडौँ । साउन १२ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६ का जंगल छेउ एकान्तमा रहेको घरबाट उर्मिला हायुसहित परिवारका १६ सदस्य सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सबै सुरक्षा निकायले दिनभर र राति अबेरसम्म खोज तलासलाई तीव्र बनाएका थिए । त्यस क्रममा विभिन्न अड्कलबाजी गर्दै घर वरपरको जंगल, सम्भावित दुर्घटना हुनसक्ने स्थल, माइती…