काठमाडौँ- पतञ्जलि जग्गा हिनामिनामा भ्रष्टाचार मुद्दा खेपिरहेका नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वारेस सुविधा माग गरेकोमा विशेष अदालतले अस्वीकार गरेको छ । नेपालले राजनीतिक कार्यक्रममा देशको विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाई मुद्दामा वारेस राख्ने अनुमति पाउँ भन्ने ब्यहोराको निवेदन दिएका थिए । उक्त निवेदनउपर सोमबार विशेष अदालतका न्यायाधीश तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा…