परम्परागत सामग्री नबिकेपछि सुदूरपश्चिमका दलित समुदाय पेसा परिवर्तन गर्न बाध्य

डडेल्धुरा — सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पुस्तौंदेखि चलिआएको परम्परागत पेसा संकटमा परेको छ। गाउँघरमा कृषिकर्म, अन्न भण्डारण र दैनिक प्रयोगका लागि प्रयोग गरिँदै आएका डोको, डाला, सुप्पा, भकारीजस्ता सामग्री अहिले लोप हुने अवस्थामा पुगेका छन्। आधुनिक प्रविधिको प्रवेश, प्लास्टिक तथा धातुजन्य आयातीत सामग्रीको प्रयोगमा वृद्धि र कच्चा पदार्थको अभाव यस लोपोन्मुख अवस्थाको मुख्य कारण बनेका छन्। डडेल्धुरा,…