काठमाडौँ- सरकारले विपदबाट हुने जोखिम न्यूनीकरण गर्न स्थानीय एफएम तथा सामाजिक सञ्जालहरूमा सूचना दिने भएको छ। राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को आइतबार बसेको बैठकले स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रसारण गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । यस्तै जोखिम भएको ठाउँमा रातिको समयमा गाडी नचलाउने र मौसम पूर्वानुमानको पूर्वसूचनालाई प्रभावकारी बनाउने निर्णय…