भारतले नेपालमा पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गर्ने

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालमा पाँच वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालनमा हुने भएको छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित यी परियोजनाहरूका लागि काठमाडौँस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको हो। परियोजनाको कुल लागत ३९ करोड रुपैयाँ रहेको छ।…