लक्ष्मी पूजाका दिन मालिकार्जुन टोलमा सन्नाटा, आज विपिनको महाकाली नदीमा अन्तिम संस्कार गरिने

महेन्द्रनगर । सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मी पूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ । दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल गएका विपिन जोशी हमासको नियन्त्रणसँगै उनको हत्या भयो । चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिंगो टोल…