काठमाडौँ- कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् । आइतबार २२औँ राष्ट्रिय धान दिवसको अवसरमाललितपुरमाआयोजितकार्यक्रमलाई सम्बोधन गर्दै उनले हिलोबाट तर्किएर देश नबन्ने बताएका हुन् । ‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिँड्छौँ,’ उनले भने, ‘सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ ।…