सन्दीप लामिछाने भोलि पाकिस्तान जाने

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् । सन्दीपको मुद्दामा आइतबार सुनुवाइ हुन नसकेपछि उनी एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान जाने भएका हुन् । सन्दीपको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा पेसी तोकिएको थियो । तर, आइतबार सुनुवाइ हुन सकेन । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा…